
काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिबारे छलफलका लागि भन्दै कांग्रेसले बैठक बोलाएको हो।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंसिर २९ गते शुक्रबार दिउँसो १२:१५ बजेका लागि तय गरिएको छ।
महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा गर्ने निर्णय कांग्रेसले यसअघि नै गरिसकेको छ।