BIZMANDU
www.bizmandu.com

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, महासमिति बैठकको तयारी मुख्य एजेण्डा

२०८० मंसिर २५

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक,  महासमिति बैठकको तयारी मुख्य एजेण्डा
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, महासमिति बैठकको तयारी मुख्य एजेण्डा


काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिबारे छलफलका लागि भन्दै कांग्रेसले बैठक बोलाएको हो।

Tata
GBIME
NLIC

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंसिर २९ गते शुक्रबार दिउँसो १२:१५ बजेका लागि तय गरिएको छ।

महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा गर्ने निर्णय कांग्रेसले यसअघि नै गरिसकेको छ।