५०० र १००० दरका नोटको प्रयोग निरन्तर घट्न थाल्यो, साना दरका बोक्न थाले सर्वसाधारण

बिजमाण्डू
२०८० मंसिर १९ गते १२:४४ | Dec 5, 2023
५०० र १००० दरका नोटको प्रयोग निरन्तर घट्न थाल्यो, साना दरका बोक्न थाले सर्वसाधारण


काठमाडौं। पाँच सय र एक हजार दरका नोटहरुको कारोबार क्रमशः घट्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, पछिल्लो ३ वर्षमा यी नोटको प्रयोगमा निरन्तर गिरावट आएको हो।

Tata
GBIME
NLIC

राष्ट्र बैंकले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै साना दरका नोटहरुको बजार हिस्सा बढ्न थालेको जनाएको छ।

५ सय दरका नोटको २०७८ मा २२.०२ प्रतिशत हिस्सा थियो। यो २०७९ मा आउँदा २१ प्रतिशतमा झर्‍यो भने २०८० मा २०.४१ प्रतिशतमा आएको छ।

यसैगरी १ हजार दरका नोट २०७८ मा ७१.४८ प्रतिशत बजार हिस्सा रहेकोमा २०७९ मा ७०.१० मा झर्‍यो। अहिले २०८० मा ६९.८० प्रतिशतमा झरेको छ।

ठूला दरको नोटको प्रयोग घटिरहँदा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटको प्रयोग बढिरहेको छ। राष्ट्र बैंकका अनुसार, हजार दरका नोट ४ खर्ब ४६ हजार ८० करोड ५६ लाख रुपैयाँको प्रयोग हुँदा एक रुपैयाँ दरको १६ करोड १० लाख रुपैयाँको प्रयोग छ।