
विश्वभर केही वर्षदेखि शान्ति खलबलिरहेको छ। मन्दी, युद्ध, राजनीतिक अस्थिरता लगायतका विषयले अशान्त वातावरण सिर्जना भइरहेका छन्।
इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले गरेको सर्वेक्षणबाट यो वर्ष ०.४२ प्रतिले शान्ति बिथोलिएको देखिएको छ।
रसिया युक्रेन युद्ध विश्वभर शान्तिको अवस्था बिग्रनुको मुख्य कारण भएको रिपोर्टमा उल्लेख छ। हाल रसिया र युक्रेन अशान्त देशको मुख्य १० देशमा छन्। यस्तै, युद्धको कारणबाहेक पनि विश्वभर अशान्ति फैलिरहेको रिपोर्टमा भनिएको छ।
विश्वका १० प्रमुख शान्तिपूर्ण देश
- आइसल्याण्ड
- डेनमार्क
- आयरल्याण्ड
- न्यूजिल्याण्ड
- अस्ट्रिया
- सिंगापुर
- पोर्चुगल
- स्लोभेनिया
- जापान
- स्वीटजरल्याण्ड
सो सर्वेक्षणको रिपोर्ट अनुसार नेपालमा शान्तिको अवस्था मध्यम छ। छिमेकी देश भारत र चीनभन्दा नेपाल शान्तिपूर्ण देखिएको छ। नेपाल ७९ नम्बरमा रहँदा चीन ८० नम्बरमा छ। भारत भने १२६ नम्बरमा छ। भारतमा मध्यम शान्ति हुने देशको पुछारमा छ। दक्षिण एसियामा शान्तिको सूचांकमा सबैभन्दा माथि भुटान छ।
यो वर्ष हाइटी र इजरायलको पिस इन्डेक्स पनि ओरालो लागेको छ। लिबिया, ओमन, बुरुन्डी, आइभोरी कोस्टको पिस इन्डेक्समा भने सुधार आएको छ। अफगानिस्तान भने गत वर्ष झै सबैभन्दा अशान्त देशमै परेको छ।
विश्वका अशान्त देश
- सेन्ट्रल अफ्रिकन रिपब्लिक
- माली
- इराक
- सुदान
- सोमालिया
- युक्रेन
- रसिया
- कंगो
- दक्षिण सुडान
- सिरिया
- यमन
- अफगानिस्तान