
काठमाडौं। जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप-२८) मा सहभागी हुन दुबई प्रस्थानअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक राखेका छन् ।
बैठक बुधबार बिहान सिंहदरबारमा भइरहेको हो। प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल सम्मेलनमा भाग लिन बुधबार बेलुकी ९:३० बजे यूएईको दुबई जाँदै छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री दाहालको यूएई भ्रमणसँगै समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हालै संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले नेपालको चारदिने भ्रमण गरेपछि सम्मेलनमा नेपालले जलवायु परिवर्तनका कारण परेको असरबारे आफ्नो भनाइ राख्न सहज हुने ठानिएको छ।
जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप २८) मा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु हुनेछन्।