ठेकेदारलाई बढी रकम दिएबापत रामधुनी नगरपालिकाकी तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध मुद्दा



बिजमाण्डू
२०८० मंसिर ११ गते १२:५१ | Nov 27, 2023
ठेकेदारलाई बढी रकम दिएबापत रामधुनी नगरपालिकाकी तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं। सुनसरीको रामधुनी नगरपालिकाकी तत्कालीन उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

Tata
GBIME
Zonsen

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन उपप्रमुख चौधरीका अलावा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी र सव-इन्जिनियर हर्षलाल चौधरीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

नगरपालिकाको रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मुल सडक सिंगियादेखि लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माण कार्यमा बढी रकम भुक्तानी गरेको अभियोगमा मुद्दा दायर गरिएको हो।

न्यौपाने, दाहाल, इन्जिनियर चौधरी र सव-इन्जिनियर चौधरीविरुद्ध २ लाख १२ हजार रुपैयाँ बिगो कायम गरी कैद एवं जरिवाना गरी बिगो रकम असुल उपर गर्न माग गरिएको छ। उनीहरुले झुट्टा बिल स्वीकृत गरी बढी रकम भुक्तानी गरेको अभियोग छ।

यस्तै तत्कालीन उपप्रमुख चौधरी, वडा-३ का तत्कालीन अध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौ तहका सुनीलकुमार चौधरीविरुद्ध स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्युटमा हस्ताक्षर गरी गलत प्रतिवेदन दिने कसुर गरेकोले कैद र जरिवाना माग गरिएको छ।

ठेकेदार कम्पनी जालपा सिद्ध निर्माण सेवाका प्रोपाइटर नानु कुमारी निरौला (बस्नेत) विरुद्ध २ लाख १२हजार रुपैयाँ बिगो कायम गरी बिगो जफत र सजाय माग गरिएको छ।