नेपाल इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, गत वर्षको नाफाबाट दिँदैछ १० प्रतिशत बोनस सेयर

बिजमाण्डू
२०८० मंसिर १० गते ११:३१ | Nov 26, 2023
नेपाल इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, गत वर्षको नाफाबाट दिँदैछ १० प्रतिशत बोनस सेयर


काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीले‌‌ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण गर्न लागेको हो।

Tata
GBIME
NLIC

कम्पनीले १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। लाभांशमध्ये कम्पनीले १० प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ। बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने भएको हो।

कम्पनीले उक्त लाभांश नेपाल बीमा प्राधिकरण र आगामी वार्षिक साधारण सभाबाट पास भएपछि लगानीकर्ताहरुलाई वितरण गर्ने छ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ८ प्रतिशत बोनस सेयर तथा ०.४२ प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो।