अपराध अनुसन्धानमा सर्वोकृष्ट बन्यो ‘रियो’, कुकुर तिहारमा प्रहरीका कुकुरले देखाए ट्रयाकिङ स्किल

प्रवीण रानाभाट
२०८० कात्तिक २६ गते १३:५४ | Nov 12, 2023
अपराध अनुसन्धानमा सर्वोकृष्ट बन्यो ‘रियो’, कुकुर तिहारमा प्रहरीका कुकुरले देखाए ट्रयाकिङ स्किल

काठमाडौं । आज कुकुर तिहार। यसै अवसरमा राजधानीको महाराजगंजस्थित केन्द्रीय कुकुर तालिम केन्द्रमा पनि कुकुर पूजा गरिएको छ। 

Tata
GBIME
Nepal Life

यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ। त्यसै अवसरमा तालिम केन्द्रमा पनि कुकुरको पूजा गरिएको हो।

यससँगै केन्द्रमा कुकुरहरुले विभिन्न कला प्रदर्शन गरेका थिए। यस्तै, ‘क्राइम सिन’मा कुकुरका तालिमप्राप्त कुकुरहरुले कसरी काम गर्छन् भनेर पनि आज पेस गरिएको थियो।

कुकुरको सुँघ्ने क्षमता असाध्यै राम्रो हुने भएकोले अपराधी पत्ता लगाउन पनि यिनको प्रयोग गरिन्छ। प्रहरीले आफ्नो अनुसन्धानको लागि कुकुरको प्रयोग गर्ने गरेको छ।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलेउहाँले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर ‘रियो’, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रोज’ र रनिङतर्फ ‘टाईगर’लाई पुरस्कार प्रदान गरेका थिए।

Nepal police officer applies vermilion and flower garlands to an Police dog during a dog worship day that is celebrated as part of the Tihar festival in Kathmandu, Nepal on Sunday 12 November 2023.
Tihar is the second biggest festival of Nepal which is devoted to a different animal or object of worship, including cows, crows and dogs. The festival celebrates the powerful relationship between humans, gods and animals. Photo-Prabin Ranabhat