टी-२० विश्‍वकपमा छनोट हुँदाको खुशी मैदानदेखि बाहिरसम्म

प्रवीण रानाभाट
२०८० कात्तिक १७ गते १९:१५ | Nov 3, 2023
टी-२० विश्‍वकपमा छनोट हुँदाको खुशी मैदानदेखि बाहिरसम्म

काठमाडौं। यूएईलाई ८ विकेटले हराएर नेपाल आईसीसी टी-२० विश्‍वकपमा छनोट भएको छ।

Tata
GBIME
Nepal Life

मूलपानी मैदानमा शुक्रबार भएको एसिया क्षेत्रको छनोटको सेमिफाइनलमा यूएईलाई हराएर नेपालले १० वर्षपछि विश्‍वकपमा स्थान पक्का गरेको हो।

यसअघि सन् २०१४ मा टी-२० विश्‍वकप खेलेको नेपालले अब २०२४ जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्‍वकप खेल्न पाउने छ।

विश्‍वकपमा छनोट भएकामा खेलाडी र प्रशिक्षकले दर्शकसँग खुशी साटेका छन्।

खेल हेर्न मूलपानी मैदानमा पुगेका समर्थक पनि उतिकै रमाएका थिए।

मैदानमा जान नपाएका समर्थकले घरको छतबाट खेल हेरेका थिए।

नेपाल १० वर्षपछि विश्‍वकपमा छनोट भएकामा देशैभरि खुशीयाली छाएको छ।

टोलीका सदस्यलाई बधाईको ओइरो लागेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पनि बधाई दिएका छन्।