मूलपानीमा नेपाल विश्वकप पुगेको हेर्न पुग्नेको क्रेज, घरको छतछतबाट घरेलु टोलीका लागि हुटिङ

प्रवीण रानाभाट
२०८० कात्तिक १७ गते १४:०३ | Nov 3, 2023
मूलपानीमा नेपाल विश्वकप पुगेको हेर्न पुग्नेको क्रेज, घरको छतछतबाट घरेलु टोलीका लागि हुटिङ

आईसीसी टी-२० विश्‍वकप छनोट अन्तर्गत सेमिफाइनल खेलमा अहिले नेपाल र युएई भिडिरहेको छ। मूलपानीस्थित क्रिकेट मैदानमा दुई देश विश्वकप प्रेवशक लागि खेलिरहेको हो।

Tata
GBIME
Nepal Life

आजको खेल जित्ने टोली सिधै विश्वकपका लागि क्वालिफाइ हुनेछ। जसकारण यो खेल फाइनल भन्दा पनि महत्व रहेको छ।

घरेलु टोली नेपाल १० वर्षपछि विश्वकप प्रवेश गर्ने संघारमा उभिँदा मूलपानी क्रिकेट स्टेडियम दर्शकले भरिएको छ। स्टेडियममा ३ हजार ५०० टिकट सोल्ट आउट भएको छ।

दर्शकहरु भने मैदान बाहिरदेखि नै नेपाली टोलीको हौसला बढाउँदैछन्। घरघरको छतमा बसेर दर्शकहरु घरेलु टोलीलाई ‘हुटिङ गर्दैछन्।