संसदीय समितिले भन्यो- मसलाको मूल्य अस्वाभाविक बढाइयो, सुपथ मूल्यमा पाउने व्यवस्था मिलाऊ

बिजमाण्डू
२०८० असोज १७ गते १६:१३ | Oct 4, 2023
संसदीय समितिले भन्यो- मसलाको मूल्य अस्वाभाविक बढाइयो, सुपथ मूल्यमा पाउने व्यवस्था मिलाऊ
द्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक


काठमाडौं। संसदीय समितिले चाडपर्वको समयमा अत्यावश्यक पर्ने मसलाहरु जिरा, मरिच, धनिया, ल्वाङ र सुकुमेलको भाउ अस्वाभाविक रुपमा बढाइएको भन्दै उपभोक्ताले सुपथ मूल्यमा पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

Tata
GBIME
NLIC

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताले सुपथ मूल्यमा मसला पाउने व्यवस्था गर्न बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो।

‘मसला र अन्य खाद्य पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धितर्फ ध्यान दिंदै उपभोक्ताले सुपथ मूल्यमा सहजरुपमा पाउने व्यवस्था गर्न निर्देशन छ’, समितिको निर्णयमा भनिएको छ।

जिराको भाउ केही महिनाको अन्तरमै २०० प्रतिशतभन्दा बढी बढाएर प्रतिकिलो १ हजार ४ सय रुपैयाँ पुर्‍याइएको छ।

समितिले दुर्गम र हिमाली जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन गर्न पनि सरकारलाई निर्देशन दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैं तिहारलाई लक्षित गरी केही दिनअघि असोज २१ देखि देशका विभिन्न ९८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो। समितिले मन्त्रालयलाई त्यस्ता पसल थप्न भनेको हो।

समितिले कर्णालीका जिल्लामा नुन, चिनी, चामल, दाल लगायत अत्यावश्यक वस्तुको पर्याप्‍त व्यवस्था गर्न पनि भनेको छ।