
काठमाडौं। एक सातादेखि घटिरहेको सुनको मूल्यमा ब्रेक लाग्दै बुधबार तोलामा ३०० रुपैयाँ बढेको छ। चाँदीको मूल्य भने अघिल्लो दिन कायममै स्थिर छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको हो।
मंगलबार प्रतितोला १ लाख ६ हजार ६०० पुगेको थियो। गएको साताको मंगलबारदेखि सुनको घट्दो मूल्यमा ब्रेक लागेको छ।
गत साताको मंगलबार सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको थियो। बुधबार प्रतितोला १ लाख ११ हजारमा कारोबार हुँदा बिहीबार १ लाख ९ हजार ६०० पुगेको थियो। शुक्रबार १ लाख ८ हजार ८०० र गत आइतबार प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम हुँदा सोमबार १ लाख ७ हजार ९०० रुपैयाँ थियो।
सुनको कारोबार मूल्यमा घटबढ भए पनि चाँदी स्थिर छ। मंगलबार प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य फरक परेको छैन।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १८२०.०७ डलरमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर १८२२.१७ डलर पुगेको छ। चाँदी प्रतिऔंस २१.७ डलरले कारोबार भइरहेको छ।