
काठमाडौं। वुलिङ र कोमेट इभी नाम मात्रै फरक हुन्। नेपालमा एउटै मोडलका यी गाडी दुई बिक्रेता फर्महरुले बिक्री गर्दै आएका छन्। एउटा भारतमा उत्पादित र अर्को इन्डोनेसियामा उत्पादन गरिएका गाडी हुन्। जसमा यी एउटै मोडलका गाडीहरु अहिले दुवै बिक्रेताले फरक-फरक मूल्य राखेर बिक्री गरिरहेका छन्।
वुलिङ एयर इभीसँग कम्प्याक्ट र फ्युचरिस्टिक डिजाइन छ। अगाडिको छेउमा एकीकृत एलईडी हेडलाइटहरू सहितको ठूलो ग्रील देखाइएको छ, जसले यसलाई पातलो र आधुनिक रूप दिएको छ। समग्र डिजाइन मिनिमम र क्लियर छ। एलईडी टेललाइट र सानो स्पोइलरमा जोडिएको उच्च माउन्ट ब्रेक लाइटको साथ गाडीको पछाडिको भाग एक फरक लुक छ।
एमजी कमेटमा पनि आधुनिक र स्टाइलिस डिजाइन छ, तर एयर इभीको तुलनामा यसमा धेरै मस्कुलर र स्पोर्टी देखिन्छ। यसमा प्रख्यात ग्रील र स्लीक एलईडी हेडलाइटको साथ बोल्ड फ्रन्ट लुक वुलिङ एयरको तुलनामा यसको पछाडिको छेउमा एलईडी टेललाइट र स्पोर्टी बम्पर डिजाइन रहेको छ।
फिचरहरूको सन्दर्भमा कमेट र एयर दुबैले ड्राइभिङ अनुभव बढाउन टचस्क्रिन इन्फोटेनमेन्ट प्रणालीहरू छन्। तिनीहरूले यात्रु र यात्रुहरूको सुरक्षाको सुरक्षा गर्न डुअल एयरब्यागहरू, एबीएस र पार्किङ सेन्सरहरू समावेश गरेर सुरक्षालाई प्राथमिकता दिएका छन्।
एमजीको कोमेट इभी चार सिटरको छ। यसमा अगाडि र पछाडितिर राम्रो एक्स्ट्रा लेग रुम छ। यसको सुरुवाती भेरियन्ट पेसको मूल्य १७ लाख ९९ हजार रुपैयाँ रहेको छ। यस्तै अर्को प्ले भेरियन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँ रहेको छ। यो ४ वटा रंगहरुमा उपलब्ध छन्। जसमा ब्ल्याक, ग्रे, ग्रिन र ब्ल्याक एण्ड ह्याइट रहेका छन्।
यसको आधरिकारिक बिक्रेता पारामाउन्ट मोटर्सका महाप्रबन्दक सचिन अर्यालका अनुसार कोमेटमा भारतीय ब्याट्री प्याक रहेको बताए। साथै एउटै कम्पनीको भन्दा पनि एमजीसँगको सहकार्यमा वुलिङ एयर इभी इन्डोनेसियामा उत्पादन भएको उनको भनाइ छ।
‘पारामाउन्टले इभीको मूल्य राख्न एग्रेसिभ छ। त्यसैले हामीले गाडी अरुको भन्दा कम मूल्यमा दिएका हौं,’ उनले भने, ‘हाम्रो गाडीको आफ्नै ब्रान्ड भ्यालु छ। त्यही अनुसार भारतमा उत्पादन भएकाले स्थानीय सामानहरु पनि प्रयोग गरिएका छन्।’

यसको म्याक्स पिक पावर ३१.२६ किलोवाट क्षमताको छ। यसले ११० एनएम टर्क उत्पादन गर्न सक्छ। यसमा ब्याट्री १७.३ किलोवाट आवर(युनिट) को छ। उक्त ब्याट्री प्याकले एक पटकको फुल चार्जमा २३० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसको गियर ट्रान्समिसन अटोमेटिक हो। यसको ब्याट्रीमा वाटर, डस्ट र फायर प्रुफ प्रमाणित आईपी ६७ रेटिङ प्राप्त छ।
यो गाडीको लम्बाई २९७४ मिलिमिटरको छ भने उचाई १६४० एमएमको छ। यसमा ह्वीलबेस २०१० एमएम र ह्वील १२ इन्चको छ। यसमा अगाडिको ब्रेक टिस्क र पछाडिको ड्रम सिस्टम हो।
डुअल फ्रन्ट एयरब्याग छ। टायर प्रेसर मोनिटरिङ सिस्टम, ड्राइभर र को ड्राइभर सिट बेल्ट, सबै प्यासेन्जरहरुलाई थ्री- पोइन्ट सिट बेल्ट, स्पिड सेन्सिङ अटो डोर लकलगायतका सेफ्टी फिचरहरु यसमा छन्।
एलसीडी स्क्रिनसहित फुल डिजिटल क्लस्टर पनि यसमा उपलब्ध छ। साथै रिमोट सेन्टर लकिङ सिस्टम पनि यसमा छ। यस्तै वायरल्स टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम पेस भेरियन्टमा छैन भने प्ले भेरियन्टमा २०.०४ इन्चको छ। एन्ड्रोइड अटो र एप्पल कार प्ले, २ वटा स्पिकर यसमा उपलब्ध छन्।
यसको ब्याट्री प्याकमा कम्पनीले ८ वर्ष वा १ लाख २० हजार किलोमिटरसम्म वारेन्टी दिइएको छ। गाडीमा भने एक वर्षको मात्र वारेन्टी छ।

वुलिङ एयर इभीको आधरिकारिक बिक्रेता बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर एनके शरदका अनुसार यो गाडी अमेरिकन बेस्ड रहेको बताए। यसमा ब्याट्री टेक्नोलोजी र फाष्ट चार्जिङको व्यवस्था रहेको कारण राम्रो भएको उनले बताए।
वुलिङ एयर इभीको पनि दुई वटा भेरियन्टमा नेपालमा उपलब्ध छ। जसमा एउटा स्ट्यान्डर्ड भेरियन्टको रेन्ज फुल चार्जमा २०० किलोमिटर छ। यस्तै यसमा १७.३ किलोवाट आवर(युनिट) क्षमताको लिथियम- फेरो- फोस्फेट ब्याट्री प्याक उपलब्ध छ। यसमा ३० किलोवाट मोटर पावर रहेको छ। यसको म्याक्स पावर ४१ पीएस र ११० एनएम टर्क उत्पादन गर्न सक्छ। यो भेरियन्टको गाडी फुल चार्ज गर्न २.० किलोवाटको एसी चार्जले ८.५ घन्टाको समय लाग्छ।
यो भरियन्टमा १०.२५ इन्चको इन्टिग्रेटेड फ्लोटिङ वाइडरस्क्रिन, स्मार्ट स्टार्ट सिस्टम, फ्युचरिस्टिक सेन्टर कन्सोल, ब्याट्रीमा डष्ट र वाटर फ्रुप आईपी६७ प्रमाणित, सजिलो होम चार्जिङ, २ वटा एयरब्याग र ४ सिटर रहेको छ।
यसमा ह्वीलबेस २०१० एमएम र ह्वील १२ इन्चको रहेको छ। ब्रेकिङ सिस्टममा अगाडि डिक्स र पछाडि ड्रम रहेको छ। यस्तै इलेक्ट्रिक पावर स्टेरिङको व्यवस्था छ। यसको मूल्य अहिले २० लाख ९९ हजार रुपैयाँ रहेको छ।
यसैगरी यसको लङ रेन्ज भेरियन्टमा २६.७ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ। यसले एक पटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ। यसलाई फुल चार्ज गर्न ६.६ किलोवाट एसी चार्जरले ४ घन्टाको समय लाग्छ।

यसमा १०.२५ इन्चको इन्टिग्रेटेड फ्लोटिङ वाइडरस्क्रिन, स्मार्ट स्टार्ट सिस्टम, फ्युचरिस्टिक सेन्टर कन्सोल, ब्याट्रीमा डष्ट र वाटर फ्रुप आईपी६७ प्रमाणित, सजिलो होम चार्जिङ, २ वटा एयरब्याग र ४ सिटर छ।
यसमा ह्वीलबेस २०१० एमएम र ह्वील १२ इन्चको रहेको छ। ब्रेकिङ सिस्टममा अगाडि र पछाडि दुवै डिस्क ब्रेक छ। यस्तै इलेक्ट्रिक पावर स्टेरिङको व्यवस्था छ।
दुवै भेरियन्टमा रियल ह्वील ड्राइभ सिस्टम छ। यी दुवै मिनी कारमा ग्राउन्ड क्लियरेन्स फरक छन्। कोमेटमा १५६ एमएमको ग्राउन्ड क्लियरेन्स छ भने वुलिङ एयरमा १५५ एमएमको छ।