गोठमा लुकाएर राखिएको ८० लाख रुपैयाँको कपडा बरामद, राजस्व छलेर कसले ल्यायो भन्ने खुलेन

बिजमाण्डू
२०८० असोज १६ गते १२:५६ | Oct 3, 2023
गोठमा लुकाएर राखिएको ८० लाख रुपैयाँको कपडा बरामद, राजस्व छलेर कसले ल्यायो भन्ने खुलेन


काठमाडौं। सशस्त्र प्रहरीले अवैध रुपमा भारतबाट ल्याएको लत्ताकपडा बरामद गरेको छ।

Tata
GBIME
NLIC

सिरहाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट सशस्त्र प्रहरीले करिब ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो।

भारतबाट अवैध रूपले ल्याएर लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहा र बोर्डर आउट पोस्ट (बिओपी) लगडिगदियाले छापा हान्दा लत्ताकपडा बरामद भएको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

स्थानीयवासीको तीन वटा गाई गोठको टहरामा लुकाएर राखेको अवस्थामा लत्ताकपडाका ७८ पोका बरामद भएको हो। ती कपडा कहिले र के प्रयोजनको लागि कसले राखेको भन्ने खुल्न नसकेको डिएसपी थापाले जानकारी दिए।

पछिल्लो समय चाडपर्व नजिकिँदा त्यस लक्षित अवैध गतिविधि र तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै सशस्त्र प्रहरी बल नेपाल विशेष योजनाकासाथ सीमामा परिचालित भएको डिएसपी थापाले बताए।

बरामद सामाग्री आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ।