
काठमाडौं। भारतीय क्रिकेट टोलीले नेपालविरुद्ध २०३ रनको चुनौती प्रस्तुत गरेको छ।
चीनमा जारी एसियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा यशस्वी जसवालले शतकीय इनिङ्स खेल्दै भारतको इनिङ्स उकासे। भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको हो।
झेजिआङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारत टस जितेर ब्याटिङमा उत्रिएको थियो। भारतका लागि जसवालले सर्वाधिक १०० रन बनाउँदा रुतुराज गाइक्वड र शिवम दुबेले समान २५ रन बनाए। त्यस्तै रिंकु सिंह ३७ रनमा अविजित रहे।
बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले समान १ विकेट लिए।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।