क्रसफायरको बाइकमा दसैं अफर, एचजे २५० किन्दा ५० हजार रुपैयाँ नगद छुट

बिजमाण्डू
२०८० असोज १५ गते १५:३५ | Oct 2, 2023
क्रसफायरको बाइकमा दसैं अफर, एचजे २५० किन्दा ५० हजार रुपैयाँ नगद छुट


काठमाडौं। क्रसफायर तथा इटालीयन ब्रान्ड मोटोको आधिकारिक बिक्रेता क्लासिक ह्वीलले दसैं लक्षित अफर योजना सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीले सोमबारदेखि लागु हुनेगरी क्रसफायरको बाइक खरिद गर्दा ५० हजार नगद छुटसहित फाइनान्स तथा एक्सचेन्ज ‘दसैं मेगा स्किम’ सार्वजनिक गरेको हो।  

कम्पनीले ल्याएको उक्त अफर योजना अनुसार ग्राहकले एचजे २५० को खरिदमा नगद ५० हजार रुपैयाँ छुट पाउने छन्। साथै क्रसफायर ट्रयाकर मोटरसाइकल खरिद गर्ने ग्राहकले ४० हजार रुपैयाँ नगद छुट पाउने छन्। त्यस्तै एक्सचेन्जमा मोटरसाइकल किन्न चाहने ग्राहकले ५० हजार रुपैयाँसम्म थप मूल्याङन दिने कम्पनीले जनाएको छ।

यो योजनापछि दसैं मेगा स्किममा ग्राहकले क्रसफायर ट्रयाकर ३ लाख ३० हजार रुपैयाँमा नै किन्न सक्नेछन्। हाल बजारमा ट्रयाकरको मूल्य ३ लाख ७० हजार रुपैयाँ रहेको छ। यस्तै दसैंमा एचजे २५० मोडलको मूल्य ६ लाख ४९ हजार रुपैयाँ कायम भएको छ। यसको मूल्य ६ लाख ९९ हजार रुपैयाँ थियो।

यो योजना असोज १५ गतदेखि कात्तिक १५ गतेसम्म रहने कम्पनीले जनाएको छ।