
विराटनगर। विराटनगरमा चारतारे स्तरको दाबी गरिएको सिटी प्यालेस एन्ड रेस्टुरेन्टले रुम चार्जमा ५५ प्रतिशत छुटको अफर ल्याएको छ। आर्थिक मन्दीका बेला ग्राहकलाई आकर्षित गर्न सिटी प्यालेसले भारी छुटको अफर ल्याएको हो।
प्यालेसका सञ्चालक पवन राठीले भ्याटसहित ५ हजार ५ सय दरको रुमलाई २ हजार ५ सयमा झारिएको बताए। उनका अनुसार होटल तथा पर्यटनका क्षेत्रमा तीव्र प्रतिस्पर्धा चलिरहेको भए पनि व्यापार भने घटिरहेको छ।
‘यस्तो अवस्थामा हामीले रुमचार्ज घटाउनु नै उत्तम विकल्प देख्यौं‚’ सञ्चालक राठीले भने, ‘भारतीय पर्यटकलाई आकर्षित नगरेसम्म नेपालको पर्यटन तथा होटल क्षेत्र बाँच्न सक्तैन । तर सरकारी नियन्त्रणका कारण भारतीय पर्यटक आउन कम भइरहेको छ ।’
राठीले भारतीय नम्बरका गाडीलाई सडकमा प्रहरीले अनावश्यक दुःख दिने, चेकजाँच र सोधपुछ धेरै गर्ने, खर्च गर्न पर्याप्त रुपैयाँ ल्याउन नदिने र पालिकापिच्छे सवारीसाधनको कर लिने लगायतका झन्झटिला कारणले नेपाल घुम्न चाहने भारतीयहरू दिक्क भइरहेको उल्लेख गरे ।
दुई सय करोडका लगानीमा दुई वर्षअघि सञ्चालनमा आएको सिटीमा ४७ वटा लक्जरियस रुमहरू छन् । प्यालेसले थप १८ वटा लक्जरियस रुम थप्न निर्माणकार्य अघि बढाएको छ ।
सिटी प्यालेसमा शाकाहारी रेस्टुरेन्ट, पार्लर, चाइल्ड गेमिङ जोन, आइसक्रिम पार्लर लगायतका सुविधा छन् ।