
काठमाडौं। चिकित्सकहरुमाथिको कुटपिटको विरोधमा आज पनि प्रदर्शन भएको छ। चिकित्सकहरु कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा आज चिकित्सकहरु प्रदर्शनमा उत्रिएका हुन्।

चिकित्सकहरु मेडिकल कलेज अगाडि सडकमा बसेर प्रदर्शन गरिरहेका छन्। चिकित्सकमाथि कुटपिट गर्नेमध्ये २ जना आइतबार साँझ पक्राउ परेका छन्।

कुटपिटमा संलग्न मुख्य १ जना अझै फरार रहेकाले चिकित्सकहरु आज पनि प्रदर्शनमा उत्रिएको बताएका छन्। उनीहरुले सुरक्षाको माग समेत गरेका छन्।


स्वास्थ्यकर्मीले भयरहित वातावरणमा काम गर्न पाउनुपर्ने पनि उनीहरुले माग गरेका छन्।





