फोटोनको दसैं अफर : गाडी किन्नेलाई थाइल्यान्ड र बाली भ्रमणको अवसर

बिजमाण्डू
२०८० असोज १५ गते १२:०९ | Oct 2, 2023
फोटोनको दसैं अफर : गाडी किन्नेलाई थाइल्यान्ड र बाली भ्रमणको अवसर


काठमाडौं। फोटोनका गाडी किन्नेहरुका लागि थाइल्यान्डदेखि इन्डोनेसियाको बाली घुम्न पाउने अफर ल्याइएको छ।
नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले दसैं अफर ल्याएको हो।

Tata
GBIME
NLIC

यो अफर अन्तर्गत फोटोनका जुनसुकै गाडी किन्नेहरुले उपहार पाउनेछन्। फोटोनका गाडी बुकिङ गर्नेहरुमध्ये एक जना बाली र एक जना थाइल्याण्ड घुम्न जान पाउनेछन्। विजेता लक्की ड्रमार्फत छनोट गरिने कम्पनीले जनाएको छ।

यसबाहेक स्मार्ट टिभी, स्मार्टवाच लगायत उपहार पनि दसैं अफरमा समावेश गरिएका छन्। एक जनालाई स्मार्ट टिभी, २ जनालाई रेफ्रिजिरेटर, २ जनालाई वासिङ मेसिन र ३ जनालाई मोबाइल फोन प्रदान गरिने कम्पनीले जनाएको छ।