जावाको ‘यज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल’, ५० हजार छुटसहित ३ वर्षको कर नि:शुल्क

बिजमाण्डू
२०८० असोज १५ गते ०७:०८ | Oct 2, 2023
जावाको ‘यज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल’, ५० हजार छुटसहित ३ वर्षको कर नि:शुल्क


काठमाडौं। जावा यज्दी मोटरसाइकलले दसैंको अवसरमा ‘यज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल’ योजना ल्याएको छ। जावा यज्दी बाइकको आधरिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटले यो अफर योजना ल्याएको हो।

Tata
GBIME
NLIC

यो योजना अन्तर्गत ग्राहकले ५० हजार नगद छुटसहित ५ वर्षको लागि निःशुल्क सर्भिसिङ, ३ वर्षको लागि वार्षिक कर नि:शुल्क तथा अन्य उपभोग्य सामानहरु प्राप्त गर्न सक्नेछन्। यज्दीको भर्खरै बजारमा आएको एड्भेन्चर, स्क्र्याम्ब्लर, रोडस्टर र जावाका अरु मोडलहरु किन्दा यो अफर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यी आकर्षक उपहारका साथै ग्राहकहरुलाई सजिलो फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ।

‘यो चाडपर्वको बेलामा हामीले हाम्रा ग्राहकहरुको उच्च गुणस्तरको मोटरसाइकल चढ्ने सपनालाई साकार बनाउँदै छौं। ‘यज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल’ योजना मात्र हैन, हामीले ग्राहकहरुलाई दिने सर्वोत्कृष्टताको प्रतिबद्धता हो,’ कम्पनीको विज्ञप्तिमा भनेको छ।

६ स्पिड गियर जडित यज्दी मोटरसाइकलहरु ३३४ सीसी क्षमताको बिएस सिक्स लिक्विड कुल्ड इन्जिन छ। जसले न्यूनतम २९.५० बिएचपी पावर र २८.२ एनएमको टर्क उत्पादन गर्न सक्छ।

यसैगरी, यज्दी मोटरसाइकलहरु डुअल च्यानल एबिएस जुन बाटोको अवस्था अनुसार चेन्ज गर्न सकिने स्वीचेबल एबिएस मोड, स्लिपर क्लच र युएसबी चार्जिंङ पोर्ट र सेगमेन्टकै सबैभन्दा बढी ग्राउण्ड क्लियरेन्स जस्ता फिचरहरुले सुसज्जित रहेको छ।