
काठमाडौं। सिप्रदी ट्रेडिङले टाटाका कमर्सियल गाडीका लागि दसै सर्भिस क्याम्प आयोजना गरेको छ। कम्पनीले टाटा कमर्सियल गाडीको असोजको १४ गतेदेखि कात्तिक ३ गतेसम्मका लागि सर्भिस क्याम्पको आयोजना गरेको हो।
सो क्याम्प सिप्रदीका २६ वटा सर्भिस सेन्टर र ७ वटा आधिकारिक सर्भिस सेन्टरहरुमा एकै साथ संचालन भइरहेको कम्पनीले जनाएको छ।
क्याम्पमा सहभागी ग्राहकहरुको गाडीमा बम्पर टु बम्पर चेकअप, ब्याट्री चेकअप, एफइपी चेकअप, इलेक्ट्रिकल चेकअप, कम्प्युटर डाग्नोसिस आदि नि:शुल्क चेकअप सुविधाहरु रहेका छन्।
जस्ले गाडीको कन्डिसनको बारेमा पूर्ण जानकारी प्रदान गर्ने कम्पनीले जनाएको छ। यदि मर्मत तथा संभार गर्नु पर्ने अवस्था भएमा टाटा जेन्यूइन पार्ट्समा १५ प्रतिशतदेखि २२ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। साथै ल्यूब्रिकेन्टमा २५ प्रतिशत छुटको पनि व्यवस्था गरेको छ।
प्री सर्भिस बुकिङ गरी आउने ग्राहकका लागि नि:शुल्क सर्भिसिङ चार्जको साथमा नि:शुल्क वासिङ र ग्रिजिङको सुविधा पनि प्रदान गरिने कम्पनीले जनाएको छ। हाइवे ब्रेक डाउन भएमा २४ घण्टा सातै दिन सिप्रदीको टोल फ्री सेवा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। त्यसको साथै भाग्यशाली ३४ जना ग्राहकहरुलाई स्मार्ट घडी जित्ने अवसर पनि प्रदान गरेको कम्पनीले जनाएको छ।
यो अवधिभर गोंगवु बसपार्कबाट छुट्ने बसहरुको लागि पनि विशेष चेकअप सुविधाहरुको साथमा सुलभ मूल्यमा गाडीको मर्मत संभार गरिदिने व्यवस्था सिप्रदीले गरेको छ।
यो अवधिभरमा ४००० भन्दा बढी गाडीको चेकअप गर्ने लक्ष्य कम्पनीले लिएको छ।