
काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दसैंतिहारको अवसरमा अफरहरु सार्वजनिक गरेको छ। क्लासिक टेकले ‘दसैंतिहारको खुशीयाली, नेट, टीभी र राउटर यसपाली’ योजना ल्याएको हो।
जसअन्तर्गत क्लासिक टेकको इन्टरनेट जडान गर्ने चाहने नयाँ ग्राहकहरुले २०० र ३०० एमबीपीएस इन्टरनेट क्रमशः ९०७ रुपैयाँ र ११७७ रुपैयाँमा पाउन सक्नेछन्। यो अफरअन्तर्गत जेडटीईको ५ गिगाहर्ज राउटर र स्मार्ट सेट टप बक्स निःशुल्क पाइनेछ।
अतिरिक्त राउटर जडान गर्न चाहने ग्राहकहरुका लागि कम्पनीले सस्तो मूल्यमा राउटर प्रदान गर्ने जनाएको छ।
क्लासिक टेकले क्यारो टेल कम्पनीसँग भिडियोकोनको स्मार्ट टिभी सेट बिक्रीका लागि साझेदारी समेत गरेको छ। गत वर्ष जस्तै कम्पनीले भिडियोकोनको ३२ इन्च तथा ४३ इन्चको स्मार्ट टीभी सेट बजारको मूल्य भन्दा निकै कम मूल्यमा उपलब्ध गराउने जानकारी दिएको छ। भिडियोकोन ३२ इन्च स्मार्ट टीभीको मूल्य १९ हजार १३१ रुपैयाँ र ४३ इन्च स्मार्ट टीभीको मूल्य २८ हजार ७०१ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
कम्पनीले हालका प्रयोगकर्ताहरुका लागि समेत विशेष अफर ल्याएको छ। ग्राहकहरुले २५० एमबीपीएसको वार्षिक नविकरणमा ५०० एमबीपीएस इन्टरनेट स्पिड पाउने कम्पनीले बताएको छ। त्यस्तै, १२ महिनाको रिचार्ज गर्दा २४ महिना इन्टरनेट चलाउन सकिने विशेष व्यवस्था रहेको कम्पनीले बताएको छ।
कम्पनीले वार्षिक रिचार्जमा पनि जेडटीईको ५ गिगाहर्ज राउटर निःशुल्क पाइने तथा भिडियोकोनको ३२ तथा ४३ इन्चको स्मार्ट टीभी सेट पनि सुपथ मूल्यमा लिन सकिने बताएको छ।