
काठमाडौं । काठमाडौं अहिले यँया (इन्द्रजात्रा) को उल्लासमा रमिरहेको छ। मंगलबारदेखि सुरु भएको इन्द्रजात्रामा आज माथिल्लो टोलमा जिवित देवी कुमारीसँगै जिवित देव गणेश र भैरवको रथयात्रा गरियो।
हिजो तल्लो टोलमा रथयात्रा गरिएको थियो। अन्तिम दिनमा भने बीचको टोलमा रथयात्रा गरिनेछ। इन्द्रजात्राको अवसरमा पुलुकिसी, मजिपा लाखे र सवभक्कुको नाच पनि रथयात्रासँगै चलिरहेको छ।

यी सबै बीच महाकाली नाचले पनि इन्द्रजात्रामा उल्लास थपेको छ। विभिन्न देवदेवीको ख्वापा (मुकुन्डो) लगाएर देवगणहरु काठमाडौंको भित्री शहरमा नृत्य गरिरहेका छन्।
वसन्तपुर क्षेत्रमा रथयात्राबीच महाकाली नाच हेर्नेको घुँइचो लागेको छ।









