एभरेष्ट बैंकका ग्राहकलाई निर्भाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरमा २५% सम्म छुट

बिजमाण्डू
२०८० असोज १२ गते १८:४३ | Sep 29, 2023
एभरेष्ट बैंकका ग्राहकलाई निर्भाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरमा २५% सम्म छुट


काठमाडौं। एभरेष्ट बैंकका ग्राहक र कर्मचारीले लाजिम्पाटस्थित निर्भाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरमा विशेष छुट पाउने भएका छन्।

Tata
GBIME
NLIC

वेलनेस सेन्टरका विभिन्न सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका हुन्। न्यूनतम १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

विशेष छुट प्रदान गर्न बैंक र वेलनेस सेन्टरबीच सम्झौता भएको हो। बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णुप्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन्।