नेपाली महिला फुटबल टोली बंगलादेशसँग बराबरीमा रोकियो, टुंगियो एसियन गेम्सको यात्रा

बिजमाण्डू
२०८० असोज ११ गते १८:५७ | Sep 28, 2023
नेपाली महिला फुटबल टोली बंगलादेशसँग बराबरीमा रोकियो, टुंगियो एसियन गेम्सको यात्रा
फाइल फोटो


काठमाडौं। एसियन गेम्सअन्तर्गत महिला फुटबलमा नेपाल बंगलादेशसँग बराबरीमा रोकिएको छ। चीनको वेन्जाउ स्पोर्टस सेन्टर रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

Tata
GBIME
NLIC

खेलको ४४ औँ मिनेटमा सबिना खातुनको गोलमा बंगलादेशले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको नेपाल दोस्रो हाफमा पुनरागमन गर्न सफल भयो। नेपालका लागि ८३ औँ मिनेटमा रेखा पौडेलले बराबरी गोल फर्काइन्।

नेपाल र बंगलादेश दुवै लगातार दुई खेलमा पराजित हुँदै एक खेल अगावै समूह चरणबाट बाहिरिएका थिए। नेपालले भियतनामसँग २-० र जापानसँग ८-० गोलको हार बेहोरेको थियो। बंगलादेश जापानसँग ८-० र भियतनामसँग ६-१ गोलले पराजित भएको थियो।  

समूह ‘डी’ मा जापानले आजै भियतनाममाथि ७-० गोलको फराकिलो जित निकालेको छ।