एसियन गेम्स : विश्वकपको उपाधि जितिसकेको जापानलाई नेपालको चुनौती

बिजमाण्डू
२०८० असोज ८ गते १२:२१ | Sep 25, 2023
एसियन गेम्स : विश्वकपको उपाधि जितिसकेको जापानलाई नेपालको चुनौती
फाइल फोटो


काठमाडौं। नेपाली महिला फुटबल टोलीले आज जापानसँग खेल्दैछ। चीनको हाङजाउमा जारी एसियन गेम्समा नेपालले विश्‍वकप विजेतासमेत रहिसकेको जापानसँग खेल्न लागेको हो।

Tata
GBIME
NLIC

अस्ट्रेलिया र न्युजिल्याण्डमा अघिल्लो महिना सम्पन्‍न विश्‍वकपमा जापान क्‍वाटरफाइनलको यात्रा तय गरेको थियो। जापान सन् २०११ को महिला विश्‍वकप च्याम्पियन हो।

नेपालले आफ्नो पहिलो खेलमा भियतनामसँग खेलेको थियो। पछिल्लो विश्‍वकप खेलेर फर्किएको भियतनामले नेपाललाई २-० गोलअन्तरले हराएको थियो। उक्त खेलको क्रममा घाइते भएकी सरु लिम्बूले प्रतियोगिता गुमाउने भएकी छिन्।

नेपाल र जापान आज ५:१५ बजे वेन्जाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा आमनेसामने हुनेछन्। नेपालले समूहको तेस्रो खेलमा बंगलादेशसँग २८ तारिखमा खेल्नेछ।

जापानले अघिल्लो खेलमा साफ च्याम्पियनसीपको विजेता बंगलादेशमाथि ८-० गोलको फराकिलो जित निकालेको थियो।