ग्लोबल आइएमई बैंक अन्तर-बैंक महिला फुटसल २०८० को विजेता

बिजमाण्डू
२०८० असोज ७ गते १५:०३ | Sep 24, 2023
ग्लोबल आइएमई बैंक अन्तर-बैंक महिला फुटसल २०८० को विजेता


काठमाडौं। नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तर-बैंक फुटसल प्रतियोगिता २०८० को महिलातर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ। संविधान दिवसको अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगितातर्फ २० वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएका थिए।

Tata
GBIME
NLIC

प्रतियोगितामा पुरुष र महिलातर्फ खेल भएको थियो। प्रतियोगितामा महिलातर्फको विजेता हुनुका साथै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधिसमेत ग्लोबल आइएमईले जितेको छ।

फाइनल खेलमा ग्लोबल आइएमई बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई २-१ ले हराएको हो। प्रतियोगिता भरी ग्लोबल आइएमई बैंकले आफनो सम्पूर्ण खेलहरुमा सहज जित निकालेको थियो।

सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आइएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छिन। उनले ७ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधि जितेकी हुन्।

बैंकका तर्फबाट गोल रक्षक केष माया गुरुङले सबै खेलहरुमा उत्कृष्ट बचाउ गर्नुका साथै फाइनल खेलमा आफ्नो टिमको तर्फबाट पेनाल्टी हाल्ने अवसरलाई गोलमा परिणत गरी टिमलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलिन्।

विजेता ग्लोबल आइएमई बैंकको तर्फबाट टिम कप्तान चन्द्रिका भट्टको नेत्तृवमा लुनिभा भुजु, पुष्पा कोइराला, शुभेक्षा बिडारी, रामकुमारी लिम्बु, केषमाया गुरुङ र शोभा न्यौपाने सहभागी भएका थिए।

टिम व्यवस्थापकको भूमिकामा गुन्जिता शर्मा र प्रशिक्षकमा सागर बहादुर सिंहको सहभागिता थियो। टिम प्रशिक्षक सिंहले उक्त प्रतियोगितामा आफ्नो टिमलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।