
काठमाडौं । विश्व गाडी रहित दिवसको अवसरमा हाँडिगाउँमा आज गाडी पूर्ण रुपले निषेध गरेर सडक महोत्सवको आयोजना गरियो।
आज बिहान ८ बजेदेखि राति ८ बजेसम्म हाँडिगाउँमा सवारीसाधन निषेध गरेर विभिन्न कार्यक्रम आयोजना गरिएको हो।

सडकमै परम्परागत खेलको आयोजना गरिनुका साथै नागपास, गुच्चा लगायत खेल खेलाइएको थियो।
सडकमै नेवारी खाजा स्टलहरु राखिएका थिए भने ऐतिहासिक डबलीमा विभिन्न नाच देखाइएको थियो।
काठमाडौं महानगरको आयोजनामा भएको यो कार्यक्रममा स्थानीय क्ल्ब र संस्थाहरु सहभागी भएका थिए। काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलको डबली ब्युताउँने अभियानलाई पनि यो कार्यक्रममा प्राथमिकतामा राखिएको थियो।







