अबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न मिल्ने

बिजमाण्डू
२०८० असोज ५ गते १५:१३ | Sep 22, 2023
अबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न मिल्ने


काठमाडौं। अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि भाइबरबाट समेत काट्न सकिने भएको छ। बससेवा ट्राभल्स र रिकुटेन भाइबरबीच एक कार्यक्रमबीच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सुम्झौता भएको हो।

Tata
GBIME
NLIC

सम्झौतापत्रमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र भाइबरका तर्फबाट निर्देशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै अबदेखि भाइबरको च्याटबक्स् मार्फत नेपालका कुनैपनि गन्तव्यको बस टिकट काट्न सकिने कम्पनीले जनाएको छ।

सम्झौता कार्यक्रममा बससेवाका प्रमुख कार्यकारी पि.आर खनालले भने, ‘हामीले जहिले पनि यात्रुहरुलाई सहज हुने गरि सेवा प्रदान गर्दै आएका छौं। यात्रुलाई भाइबरबाट पनि टिकट काट्न सकिने सेवाले थप सहजता ल्याउनेछ भन्ने हाम्रो विश्वास रहेको छ।’

बससेवा टुर्स एण्ड ट्राभल्स अन्तगर्त रहेर बससेवा डटकम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ।  साथै बससेवाले भारतको नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ।