शिक्षक आन्दोलनको दोस्रो दिन : बानेश्वरमा प्रहरीसँग धकेलाधकेल, बीचबीचमा नाचगान

रोजन श्रेष्ठ
२०८० असोज ४ गते १५:१२ | Sep 21, 2023
शिक्षक आन्दोलनको दोस्रो दिन : बानेश्वरमा प्रहरीसँग धकेलाधकेल, बीचबीचमा नाचगान


काठमाडौं । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका शिक्षकहरुका कारण आज काठमाडौं उपत्यका अस्तव्यस्त बन्यो।

Tata
GBIME
NLIC

हिजोदेखि सुरु भएको शिक्षकहरुको काठमाडौं केन्द्रित आन्दोलनका क्रममा आज प्रहरी र शिक्षकबीच केही समय धकेलाधकेलसमे भयो।

माइतीघरदेखि बानेश्वरसम्म शिक्षकका हुल नारा लगाउँदै प्रदर्शनमा ओर्लिएका थिए। ठाउँ ठाउँमा शिक्षकहरु नाचगान गर्दै प्रदर्शनमा सहभागी भएका थिए।

आन्दोलनका कारण दिनभर नै सर्वसाधारणले सास्ती ब्यहोर्नु पर्‍यो। बिहान द्रुत बस सेवाका कारण जाममा फसेका यात्रुलाई दिउँसो शिक्षक आन्दोलनका कारण गन्तव्यमा पुग्नै धौधौ भयो।