पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ : विमलेन्द्र निधि

रासस
२०८० भदौ ३१ गते १४:५० | Sep 17, 2023
पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ : विमलेन्द्र निधि

धनुषा। कांग्रेस नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको दाबी गरेका छन्। जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शङ्का नरहेको निधिले बताए।

Tata
GBIME
Nepal Life

‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ। यसमा कुनै द्विविधा नराखे हुन्छ,’ नेता निधिले भने, ‘पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ।’

वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उनको भनाइ थियो।