
काठमाडौं । भदौ २९ गते शुक्रबारदेखि असोज १ गते सोमबारसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गरी टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्यका लागि विद्युत सेवा प्रभावित हुने जनाएको हो।
महाशाखाका अनुसार भदौ २९ गते शुक्रबार बिहान ८ बजेदेखि असोज १ गते सोमबार बिहान ८ बजेसम्म ६६ केभी स्युचाटार टेकु प्रसारण लाइन सटडाउन हुनेछ। कुलेश्वर वितरण केन्द्र अन्तर्गत रहेको रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङ रोड भैसेँपाटी र टेकु सबस्टेसन अन्तर्गतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ। यस्तै, रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहर प्रभावित हुने र पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने जनाइएको छ।
यस्तै, भदौ ३० गते शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म स्युचाटार पाटन प्रसारण लाइन सटडाउन हुनेछ। यस अन्तर्गत पर्ने पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्रमा पर्ने फिडरहर प्रभावित हुने र विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ।
भदौ ३० गते शनिबार नै दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म स्युचाटार के३ प्रसारण लाइन अन्तर्गतका क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुनेछ। सो दिन कुलेश्वर वितरण केन्द्र अन्तर्गत रहेको रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङ रोड भैसेँपाटी, टेकु सबस्टेसन, के३ सबस्टेसन अन्तर्गतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ। यस्तै, रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहर प्रभावित हुने र पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने जनाइएको छ।
प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति प्रभावित रोक्ने प्रयास गर्ने समेत जनाएको छ।
शुक्रबारदेखि सोमबारसम्म कहाँ कहाँ हु नेछैन बिजुली ? हेर्नुस् प्राधिकरणको सूचना
