आपराधिक लाभ लिएको कसुरमा एक पक्राउ‚ जबर्जस्ती साढे २८ लाखको कागज गराएको आरोप

बिजमाण्डू
२०८० भदौ २७ गते १३:३७ | Sep 13, 2023
आपराधिक लाभ लिएको कसुरमा एक पक्राउ‚ जबर्जस्ती साढे २८ लाखको कागज गराएको आरोप


काठमाडौं। आपराधिक लाभ(एक्स्टर्सन) लिएको अभियोगमा प्रहरीले काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय सुरज कुमार श्रेष्ठ छन्।

Tata
GBIME

काँडाघारीमा घरजग्गा कोरोबार तथा ड्राइभिङ सेन्टर संचालन गर्ने उनले कार्यालयमा थुनेर कराएमा मार्ने धम्की दिनुका साथै कुटपिट समेत गरी २० लाख रुपैयाँको चेक र ८ लाख ५० हजार रूपैयाँको कागज गराई आपराधिक लाभ लिएको पीडितबाट खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले उनलाई काँडाघारीबाट पक्राउ गरेको हो।

श्रेष्ठ जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको र गुण्डागर्दीमा समेत संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

अपराध अनुसन्धान कार्यालय मिनभवनले उनलाई आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ। सोही अपराधमा संलग्न अन्य आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।