टाटाले नेक्सन इभीमा ल्यायो ‘फेसलिफ्ट’ मोडल, लङ रेन्जसँगै एडभान्स्ड टेक्नोलोजी

बिजमाण्डू
२०८० भदौ २३ गते ११:४४ | Sep 9, 2023
टाटाले नेक्सन इभीमा ल्यायो ‘फेसलिफ्ट’ मोडल, लङ रेन्जसँगै एडभान्स्ड टेक्नोलोजी


काठमाडौं। टाटा मोटर्सले सर्वाधिक बिक्री भएको नेक्सन इभीको नयाँ मोडल ‘नेक्सन इभी फेसलिफ्ट’ बजारमा ल्याएको छ। कम्पनीले यसको मेजर अपग्रेडमा लङ रेन्ज र पहिलेको भन्दा एडभान्स्ड टेक्नोलोजी छ।

Tata
GBIME

साथै कम्पनीले यसमा पुरानो मोडलभन्दा डिजाइन पनि परिवर्तन गरेको छ। यसको बुकिङ कम्पनीले भारतमा शनिबारदेखि खुलाएको छ। इभी बजारको चासोअनुसार यो माेडल छिटै नेपालमा पनि भित्रिने सम्भावना छ।

यो नयाँ मोडलको इलेक्ट्रिक एसयुभीमा जेनेरेसन २ मोटर उपलब्ध छ। जसले १६ हजार आरपीएमसम्म रोटेड गर्न सक्छ। यसभन्दा अघिको मोडलमा भने १२ हजार आरपीएमसम्म मात्र रोटेड गर्न सक्ने पावर थियो। यसमा अहिले १०६.४ किलोवाट पावरको मोटर दिइएको छ। जसले १४२.६ ब्रेक हर्सपावर र २१५ एनएम टर्क उत्पादन गर्न सक्छ।

कम्पनीले यो इलेक्ट्रिक एसयुभीलाई यसको पेट्रोल र डिजल मोडल जस्तै कर्भ डिजाइनमा आधारित रहेर निर्माण गरेको छ।

फोटो-जिगह्वील्स

भारतीय अटोमेकर टाटाले नेक्सन इभीको नयाँ भेरियन्टलाई प्राइम र म्याक्सको सट्टा लङ रेन्ज र मिड रेन्ज भनेको छ। लङ रेन्ज संस्करणले एक पटकको फुल चार्जमा ४६५ किलोमिटरको विस्तारित रेन्ज प्रदान गर्दछ, जुन अघिल्लो मोडेलको तुलनामा १२ किलोमिटर बढी हो।

यसैगरी मिड रेन्ज भेरियन्टले एक पटकको फुल चार्जमा ३२५ किलोमिटरको रेन्ज दिन्छ, जुन यसको अघिल्लो मोडलभन्दा १३ किलोमिटरले बढेको छ।

यो इलेक्ट्रिक एसयुभीले ८.९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति बढाउँछ। यस्तै यसको टप स्पिड १५० किलोमिटर प्रतिघन्टा रहेको छ। अघिल्लो मोडलमा भने टप स्पिड १२० किलोमिटर प्रतिघन्टाको थियो।

टाटाले नोइज, भाइब्रेसन र हर्षनेस लेभललाई थप कम र स्मूथ गरिएको जनाएको छ। यसबाहेक, नयाँ नेक्सन इभी फेसलिफ्टमा अब १०-१५ प्रतिशतको सुधारिएको रेजेन ब्रेकिङ सिस्टम पनि छ जसले गर्दा रिजेनमा पूर्ण धेरै चार्ज हुन्छ। साथै कम्पनीले यो सेग्मेन्टको कारमा सबैभन्दा कम रोलिङ प्रतिरोधी टायरहरू राखेको छ।

यो नयाँ मोडलको मिडियम रेन्ज भेरियन्टमा ७.२ किलोवाट चार्जिङ सुविधा समावेश छ, जुन पहिले म्याक्स संस्करणमा विशेष थियो। कम्पनीका अनुसार फास्ट चार्जर प्रयोग गर्दा मात्र ५६ मिनेटमा फुल चार्ज गर्न सकिन्छ।

यो मोडेलमा अरु ब्रान्डमा भए जस्तै नयाँ सुविधा पनि थपिएको छ। यसमा गाडीमा भएको ब्याट्रीबाट अन्य इलेक्ट्रिक उपकरणहरु पनि कनेक्ट गर्न सकिन्छ। जस्तै इन्डक्स जस्ता उपकरणहरुमा हामी यसमा भएको ब्याट्रीबाट लाइन दिन सकिन्छ।

यस्तै टाटाको यो नयाँ मोडल नेक्सन इभीमा अर्को गाडी पनि चार्ज गर्न मिल्छ। जसलाई भेहिकल टु भेहिकल सुविधा भनिन्छ। यसले कतै कुनै गाडीको चार्ज सकिएर अलपत्र परेको छ भने यसबाट उक्त गाडी चार्ज गर्न सकिन्छ। यो सुविधा हुन्डाई आयोनिक ५ मा पाइने जस्तै सुविधा यसमा पनि छ।

फोटो-जिगह्वील्स

यसले मिल्दो इभीको लागि ५ किलो भोल्ट एम्पियरसम्म र अन्य कम्प्याटिबल इभीको लागि ३.३ किलो भोल्ट एम्पियरसम्म चार्ज गर्ने क्षमता राख्छ। कम्पनीले एमिडियम रेन्जमा ३०.२ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री दिएको छ। साथै लङरेन्जमा ४०.५ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक दिइएको छ।

थप सुविधाहरूमा एक्सप्रेस कुलिङ र अटो डिफोगर जस्ता अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता प्रविधिहरू पाएको छ। सुरक्षाको हिसाबले हेर्दा यसमा ६ वटा एयरब्यागहरू साथै स्ट्यान्डर्ड एबीएस र ईएसपीहरू उपलब्ध छन्।

यो एसयुभीमा अगाडि र पछाडि दुबैतिर सेन्सरसहितको ३६०-डिग्री क्यामेरा प्रणालीको साथै सबै यात्रुहरूका लागि सिटबेल्ट रिमाइन्डरहरू र अगाडि पार्किङ सहायता प्रदान गरेको छ।

फोटो-जिगह्वील्स

यसैगरी यसमा भएको ब्याट्री प्याकले एआईएसजेरो३८ मापदण्ड र एसआईएस सी पालना गर्दै यसको आईपी६७ प्रोटेक्सन यसमा उपलब्ध छ। जसले ब्याट्रीलाई पानी र आगो लाग्न बाट बचाउछ। यसमा भएको नयाँ प्रविभि टेलिमेटिक्सले ई-एसयुभीको महत्वपूर्ण मापदण्डहरू निरन्तर स्क्यान गर्दछ।

अतिरिक्त सुरक्षा सुविधाहरूमा मानक आपतकालीन र ब्रेकडाउन कलहरू, हिल डिसेन्ट कन्ट्रोल, हिल एसेन्ट कन्ट्रोल, प्यानिक ब्रेक अलर्ट, अटो भेहिकल होल्डहरु समावेश छन्।

अपग्रेड गरिएको १०.२५ इन्च स्क्रिन एक बलियो प्रोसेसरद्वारा समर्थित छ। जसले अडियो-भिजुअल अनुभवलाई राम्रो गुणस्तरमा प्रस्तुत गर्छ। पुरानो मोडलमा ७ इन्च एकाइको तुलनामा यसमा भएको स्क्रिन अब ४५ प्रतिशत ठूलो छ।

नयाँ नेक्सन इभी फेसलिफ्टमा ५ वटा स्पिकरसहितको ३२०-वाट हरमन-स्रोस्ड जेबीएल साउन्ड सिस्टम पनि छ। अपडेट गरिएको डिजिटल कन्सोलले नेभिगेसन देखाउछ।

यस्तै कम्पनीले यसको ट्रिम लेभलमा क्रियटिभ प्लस, फियरलेस, फियरलेस प्लस, फियरलेस प्लस एस, इम्पावर्ड र इम्पावर्ड प्लस रहेको छ।