बीवाइडीको ‘स्पट द डल्फिन अन द रोड’ अभियान, तीन जनाले १ लाख पुरस्कार पाउने

बिजमाण्डू
२०८० भदौ २२ गते १९:२४ | Sep 8, 2023
बीवाइडीको ‘स्पट द डल्फिन अन द रोड’ अभियान, तीन जनाले १ लाख पुरस्कार पाउने


काठमाडौं। बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ‘स्पट द डल्फिन अन द रोड’ अभियान सुरु गरेको छ। कम्पनीले उक्त अभियान भदौ २५ सम्म सञ्चालन हुने जनाएको छ।

Tata
GBIME

कम्पनीले सडकमा गुडिरहेको डल्फिनको भिडियो बनाइ सामाजिक सञ्जालमा राख्नेले १ लाख रुपैयाँ जित्ने मौका पाउने जनाएको छ।

जोकोहीले उक्त भिडियो फेसबुक, इन्स्गाग्राम वा टिकटकमा राख्न सक्नेछन्। उक्त भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी साइमेक्सको आधिकारिक पेजमा ट्याग गर्नेमध्ये ३ जनाले १ लाख रुपैयाँका दरले पुरस्कार पाउने कम्पनीले जनाएको छ।

यसैगरी भिडियो पोष्ट गर्दा ह्यासट्याग बीवाइडीडल्फिन तथा डल्फिनअनदरोड प्रयोग गर्नुपर्ने छ। प्रतिस्पर्धामा भाग लिने सबैलाई नाडा अटो शोको टिकट दिइने कम्पनीले जनाएको छ।

डल्फिन कुन रुटमा गुड्दैछ भन्ने साइमेक्सको आधिकारिक पेजमा जानकारी दिइने कम्पनीले जनाएको छ। यो गाडी नाडा अटो शोमा सार्वजनिक गरिंदैछ।