कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

बिजमाण्डू
२०८० भदौ १९ गते १०:२६ | Sep 5, 2023
कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा
तस्बिर : कुन्दनराज काफ्लेको फेसबुकबाट।


हेटौंडा। नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन्।

Tata
GBIME

वाग्मती प्रदेशसभा सदस्य काफ्लेले मंगलबार बिहान संसदीय दलका नेता बहादुर सिं लामालाई राजीनामा पत्र बुझाएका हुन्। काफ्लेले सचेतक पदबाट राजीनामा दिएसँगै सामाजिक सञ्‍जालबाट सोबारे जानकारी समेत दिएका छन्।

प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा पार्टी संगठन र जनसेवामा समय अभाव महसुस गरेको काफ्लेले फेसबुकमा लेखेका छन्।

उनले भनेका छन्, ‘अत: केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु।’