कंगोको सुन खानी सशस्त्र समूहको निसानामा, सुन बोकेको गाडी एम्बुसमा पारेर लुटपाट

बिजमाण्डू
२०८० भदौ १७ गते ०७:१८ | Sep 3, 2023
कंगोको सुन खानी सशस्त्र समूहको निसानामा, सुन बोकेको गाडी एम्बुसमा पारेर लुटपाट
File Photo : Kenny Katombe / Reuters


कंगोमा सुन ओसारपसार हुँदै गरेको गाडीमा आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई चिनियाँ नागरिक, एक जना सैनिक र ड्राइभर रहेका छन्।  

Tata
GBIME

फिची क्षेत्रमा किम्बी नदी नजिकैको उत्खनन क्षेत्रबाट टीएसएम माइनिङको चारवटा गाडीमा सुन किभु प्रान्त लगिँदै थियो। त्यही बेला गुडिरहेको गाडीलाई एमरबुसमा पारेर हतियारधारी समूहले आक्रमण गरेको हो।

आक्रमणकारीहरुले गाडीमा रहेको सुनका ‘पार्सल्स’हरु चोरी गरेर लगेका छन्।  सो आक्रमणमा परी ३ जना घाइते भएका छन्।

आक्रमणकारीहरु फिचीको छिमेकी क्षेत्र मनिएमाबाट रहेको अनुमान गरिएको छ। कंगोको धेरै ‘माइनिङ फर्म’ मा चिनियाँ लगानी छ। यो क्षेत्रमा रहेको सुन खानीमा सशस्त्र समूहको निसानामा बारम्बर पर्ने गर्छ। जसकारण यहाँका स्थानीय, चिनियाँ अधिकारी र सशस्त्र समूहबीच समय-समयमा विवाद बढ्ने गर्छ।