
इलन मस्कले एक्स (ट्वीटर)मा छिट्टै अडियो र भिडियो कल गर्न मिल्ने फिचर उपलब्ध हुने घोषणा गरेका छन्।
एक्समा उनले आइओएस, एन्ड्रोइड, एप्पलको म्याक बुक र माइक्रोसफ्टको पिसीमा भिडियो र अडियो कल उपलब्ध हुने जानकारफ दिएका हुन्।
मस्कले यो फिचरका लागि फोन नम्बर आवश्यकता नरहेको पनि बताएका छन्। उनले एक्सलाई प्रभावकारी ‘ग्लोबल एड्रेस बुक’ भनेका छन्।
केही हप्ता अघिमात्रै मस्कले ट्विटरको रिब्रान्डिङ गर्दै लोगोबाट चरा हटाएका थिए। त्यसपछि ट्वीटरलाई उनले ‘एक्स’ नामबाट संचालन गर्न थालेका हुन्। एक्सलाई मस्कले सुपर एप बनाउने योजना बनाएका छन्।
भिडियो र अडियो कलको सुविधा कहिलेसम्म उपलब्ध हुने भन्नेबारेमा मस्कले केही बताएका छैनन्।