काठमाडौंमा शुक्रबार गाईजात्रा, सापारु मनाउन महानगरले दियो सार्वजनिक विदा

बिजमाण्डू
२०८० भदौ १३ गते १९:४९ | Aug 30, 2023
काठमाडौंमा शुक्रबार गाईजात्रा, सापारु मनाउन महानगरले दियो सार्वजनिक विदा


काठमाडौं । काठमाडौं महानगरपालिकाले भाद्र १५ गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।

Tata
GBIME
NLIC

नेपाल पञ्चांग निणार्यक समितिद्वारा जारी पात्रोमा बिहीबार जनैपूर्णिमा र सोही दिन गाईजात्रा उल्लेख छ। तिथि विवादका कारण अधिकांश नेवार समुदायले समितिद्वारा जारी पात्रो अनुसार नभइ चलिआएको प्रचलन अनुसार बिहीबार क्वाति खाएर जनैपूर्णिमा मनाउँदैछन्। यस्तै, शुक्रबार सापारु (गाईजात्रा) मनाउँदैछन्।

सोही कारण काठमाडौं महानगरले महानगरपालिका भित्र शुक्रबार पनि सार्वजनिक विदा दिएको हो।

भक्तपुरमा भने भोलि नै गाईजात्रा मनाइँदैछ।