ह्याम्स अस्पताल र द क्लिफबीच सहकार्यको सम्झौता, कर्मचारीलाई ४० प्रतिशतसम्म छुट

बिजमाण्डू
२०८० भदौ ६ गते १४:४३ | Aug 23, 2023
ह्याम्स अस्पताल र द क्लिफबीच सहकार्यको सम्झौता, कर्मचारीलाई ४० प्रतिशतसम्म छुट


काठमाडौं। साहसिक पर्यटन सेवा प्रदायक ‘द क्लिफ’ र ह्याम्स अस्पतालले कर्मचारी लक्षित सहकार्य सुरु गरेका छन्। दुई संस्थाले एक अर्काको सेवामा कर्मचारीलाई आकर्षक छुट दिने गरी सहकार्यको सम्झौता गरेका हुन्।

Tata
GBIME

सम्झौता अनुसार ह्याम्स अस्पतालले क्लिफका कर्मचारी तथा सदस्यलाई ओपीडी र आईपीडी सेवामा १०, फार्मेसीमा ५ र हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशत छुट पाउने छन्।

क्लिफले भने ह्याम्सका सदस्य तथा कर्मचारीलाई हरेक सेवामा १५ प्रतिशत छुट दिने छ। क्लिफले ह्याम्सलाई मेडिकल पार्टनरको रुपमा बजारिकरण पनि गर्ने सम्झौतामा उल्लेख छ।

सम्झौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी र क्लिफका अध्यक्ष राजु कार्कीले हस्ताक्षर गरेका छन् ।