राष्ट्रिय वाणिज्य बैंकको इभी आपूर्ति ठेक्का सिप्रदीलाई, टाटाका ३.२७ करोडका गाडी उपलब्ध गराउने



बिजमाण्डू
२०८० भदौ १ गते १३:१८ | Aug 18, 2023
राष्ट्रिय वाणिज्य बैंकको इभी आपूर्ति ठेक्का सिप्रदीलाई, टाटाका ३.२७ करोडका गाडी उपलब्ध गराउने

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकलाई टाटाका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय गाडी आपूर्ति गर्ने भएको छ।

Tata
GBIME
Zonsen

बैंकले शुक्रबार सूचना जारी गर्दै ३ करोड २७ लाख ९२ हजार बराबरको विद्युतीय गाडी आपूर्तिको ठेक्का पाएको आशय पत्र निकालेको हो। यो रकम मूल्य अभिवृद्धि कर (भ्याट)सहितको हो।

पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले यसरी पहिलो पटक विद्युतीय सवारीसाधन खरिद गर्न लागेको हो। विद्युतीय र इन्धन इन्जिनयुक्त कार किन्नका लागि बैंकले आपूर्तिकर्ता कम्पनी छनोट गरेको हो।

सरकारी निकायले पछिल्लो समय विद्युतीय सवारी खरिदलाई प्राथमिकता दिन थालेका छन्। ऊर्जा उत्पादक तथा बिक्री वितरक विद्युत प्राधिकरणसँगै पेट्रोलियम पदार्थ बिक्री गर्ने आयल निगमले समेत विद्युतीय सवारी खरिद गरिरहेका छन्।

यसैगरी बैंकले १ करोड ४४ लाख ९५ हजार रुपैयाँ बराबरको पेट्रोलियम सवारी पनि खरिद गर्न लागेको छ।

बैंकले प्याकेज ‘ए’ मा विद्युतीय सवारी र प्याकेज ‘बी’ मा पेट्रोलियम किन्न लागेको हो। जसमा बैंकले विद्युतीय गाडीका लागि सबैभन्दा कम कबोल गर्ने सिप्रदीलाई छनोट गरेको छ भने इन्धन इन्जिन गाडी सप्लाइका लागि केएमसी अटोमोबाइललाई छनोट गरेको सूचनामा उल्लेख छ।