मोहन बगानसँग पराजित हुँदै मछिन्द्र बाहिरियो, टुंगियो एएफसी कपको यात्रा

बिजमाण्डू
२०८० साउन ३१ गते २२:०५ | Aug 16, 2023
मोहन बगानसँग पराजित हुँदै मछिन्द्र बाहिरियो, टुंगियो एएफसी कपको यात्रा
Photo: AFC


काठमाडौं। नेपाली शीर्ष डिभिजन क्लब मछिन्द्र एफसी भारतीय क्लब मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ। एएफसी कप छनोटको दोस्रो खेलमा भारतीय फुटबल महारथीसँग ३-१ गोलले पराजित हुँदै मछिन्द्रको एएफसी कपको यात्रा टुंगिएको हो।

Tata
GBIME

बुधबार कोलकत्तामा सम्पन्न खेलमा मोहन बगानलाई जित दिलाउन अनवर अलीले दोहोरो गोल गरे। ४०औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका उनले ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका हुन्। मोहन बगानका लागि अर्को गोल अस्ट्रेलियन स्ट्राइकर जेसन कमिङ्सले गरे।

मछिन्द्रका लागि मेसुके ओलोमोउले दोस्रो हाफमा फ्रिकिकमार्फत सान्त्वना गोल फर्काए। हारसँगै मछिन्द्र एएफसी कपको होडबाट बाहिरिएको छ।

मोहन बगानले अर्को खेलमा बंगलादेशी टोली अबहानी ढाकासँग खेल्नेछ। अबहानीले आजै माल्दिभ्सको टोली क्लब इगल्सलाई २-१ गोलअन्तरले हराएको थियो।