अमेरिकी डलरको भाउ स्थिर रहँदा घट्यो युरो र पाउण्ड, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८० साउन २९ गते ०८:१९ | Aug 14, 2023
अमेरिकी डलरको भाउ स्थिर रहँदा घट्यो युरो र पाउण्ड, यस्तो छ आजको विनिमय दर
File Photo: sofi.com


काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।

Tata
GBIME

सोमबार अमेरिकी डलरको भाउ स्थिर छ। आइतबार १ डलरको खरिद दर १३२.२६ रुपैयाँ र बिक्री दर १३२.८६ रुपैयाँ थियो। सोमबार पनि सोही दर कायम छ।

यस्तै, सोमबार युरोपियन युरोको भाउ घटेको छ। आज १ युरोको खरिद दर १४४.७७ रुपैयाँ र बिक्री दर १४५.४३ रुपैयाँ कायम भएको छ। आइतबार १ युरोको खरिद दर १४५.२५ रुपैयाँ र बिक्री दर १४५.९१ रुपैयाँ कायम थियो।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिददर १६७.९२ र बिक्री दर १६८.६८ रुपैयाँ पुगेको छ। आइतबार १ पाउण्डको खरिद दर १६७.९६ र बिक्री दर १६८.७३ रुपैयाँ कायम थियो।

आजको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.२६१३२.२६१३२.८६१३२.८६
युरोपियन युरो१४४.७७१४५.२५१४५.४३१४५.९१
बेलायती पाउन्ड स्टर्लिङ१६७.९२१६७.९६१६७.६८१६८.७३
स्वीस फ्रान्क१५०.८३१५०.८११५१.५११५१.४९
अस्ट्रेलियन डलर८५.९६८६.२५८६.३५८६.६४
क्यानेडियन डलर९८.४१९८.३१९८.८५९८.७६
सिंगापुर डलर९७.८१९७.९७९८.२६९८.४१
जापानी येन१०९.१२९.१४९.१६९.१९
चिनियाँ युआन१८.२७१८.२८१८.३६१८.३७
साउदी अरेबियन रियाल३५.२५३५.२५३५.४१३५.४१
कतारी रियाल३६.३०३६.३०३६.४६३६.४६
थाइ भाट३.७७३.७७३.७९३.७९
यूएई दिराम३६.०१३६.०१३६.१७३६.१७
मलेसियन रिंगिट२८.८३२८.८३२८.९६२८.९६
कोरियन ओन१००९.९४९.९६९.९८१०.०१
स्वीडिश क्रोनर१२.२२१२.३२१२.२७१२.३८
डेनिश क्रोनर१९.४३१९.४९१९.५२१९.५८
हङकङ डलर१६.९२१६.९२१७.००१७.००
कुवेती दिनार४२९.९७४३०.००४३१.९२४३१.९५
बहराइन दिनार३५०.८२३५०.८५३५२.४१३५२.४४
स्रोत : नेपाल राष्ट्र बैंक