म्युचुअल फण्डलाई आईपीओमा ५% आरक्षण: निरन्तरता दिने/नदिनेबारे बोर्ड छलफलमा

बिजमाण्डू
२०८० साउन २६ गते १८:१३ | Aug 11, 2023
म्युचुअल फण्डलाई आईपीओमा ५% आरक्षण: निरन्तरता  दिने/नदिनेबारे बोर्ड छलफलमा


काठमाडौं। नेपाल धितोपत्र बोर्डले(सेबोन) ले म्युचुअल फण्डलाई आईपीओमा आरक्षणका रुपमा दिंदै आएको ५ प्रतिशत कोटाबारे पुनरावलोकन गर्ने भएको छ।

Tata
GBIME

म्युचुअल फण्डलाई आईपीओमा दिंदै आएको आरक्षणलाई लिएर आलोचना बढेपछि सेबोनले यसबारे पुनरावलोकन गर्ने भएको हो। सेबोनका प्रवक्ता मुक्ति श्रेष्ठले कोटा हटाउने वा लकइन पिरियड तोक्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

‘यस विषयमा पुनरावलोकन गर्नुपर्छ भन्ने गरी छलफल भइरहेको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘म्युचुअल फण्डको आईपीओको कोटा हटाउने कि लकइन पिरियड तोक्ने भन्ने निष्कर्षमा पुग्न बाँकी छ। तर पुनरावलोकन चाहिं गर्ने कुरा छ।’

पछिल्लो समय म्युचुअल फण्डमाथि आफ्नो फाइदाका लागि अपारदर्शी ढंगले कारोबार गर्ने गरेको लगानीकर्ताको आरोप छ। उनीहरुले आरक्षण खारेज गर्न माग गर्दै आएका छन्। सेबोन पनि म्युचुअल फण्डले बजार विकासका लागि अपेक्षित भूमिका निर्वाह नगरेको निष्कर्षमा पुगेको छ।