सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश वृद्धि, १३ करोड ७६ लाख बराबरको दिने

बिजमाण्डू
२०८० साउन २६ गते १२:४३ | Aug 11, 2023
सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश वृद्धि, १३ करोड ७६ लाख बराबरको दिने


काठमाडौं। सनराइज फर्स्ट म्युचुअल फन्डले इकाइधनीलाई दिने प्रतिफल बढेको छ। गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा सनराइज म्युचुअल फन्डअन्तर्गत संचालित योजनाले लाभांश घोषणा गरेको हो।

Tata
GBIME

योजनाले गत आव २०७९/८० को नाफाबाट १६ प्रतिशतले हुन आउने १३ करोड ७६ लाख बराबरको नगद लाभाश वितरण गर्ने घोषणा गरेको छ। सनराइज क्यापिटलको बिहीबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

योजनाको लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको हो। योजनाले आर्थिक वर्ष ०७८/७९ मा इकाइधनीहरुलाई १२ प्रतिशत नगद लाभांश दिएको थियो।

उक्त लाभांश वितरणका लागि बुक क्लोज मिति केही दिनमा प्रकाशित गरिने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बताए।