बालुवाटारमा सभामुखसहित तीन दलका शीर्ष नेता छलफलमा, होला त सदन खुलाउने सहमति?

बिजमाण्डू
२०८० साउन २३ गते १२:५० | Aug 8, 2023
बालुवाटारमा सभामुखसहित तीन दलका शीर्ष नेता छलफलमा, होला त सदन खुलाउने सहमति?
प्रधानमन्त्री निवासमा सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक। तस्वीर: प्रधानमन्त्रीको निजी सचिवालय


काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताबीच छलफल जारी छ। संसद् खुलाउने विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसहित नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताको छलफल राखेका हुन्।

Tata
GBIME

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीका साथै तीन दलका प्रमुख सचेतक र सचेतक पनि उपस्थित छन्। बैठक जारी रहेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए।

सभामुख घिमिरेले सोमबार शीर्ष नेताहरुसँग २ पटक बैठक राखेका थिए। तर सहमति नभएपछि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गर्नुपरेको थियो।

प्रतिनिधि सभाको बैठक आज अपराह्न ३ बजेका लागि बोलाइएको छ। तर एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग छोडेको छैन। उसले समिति गठनको मागसहित साउन १० देखि सदन चल्न दिएको छैन।