चिरख्वा हाइड्रोपावरले सेयर जारी गर्दै, प्रति मेगावाट लागत २१ करोड २३ लाख रुपैयाँ

बिजमाण्डू
२०८० साउन २१ गते ०८:५९ | Aug 6, 2023
चिरख्वा हाइड्रोपावरले सेयर जारी गर्दै, प्रति मेगावाट लागत २१ करोड २३ लाख रुपैयाँ


काठमाडौं। चिरख्वा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सेयर जारी गर्ने भएको छ। कम्पनीले साउन २८ गतेबाट जारी गर्ने सेयरका लागि आवेदन अवधि भदौ १० सम्मको हुनेछ।

Tata
GBIME

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा सेयर जारी गर्ने भएको हो। कम्पनीको सेयरमा प्रभावितले बढीमा एक लाख कित्ता र रोजगारीमा गएकाले ५ हजार कित्तासम्म आवेदन दिन सक्छन्। कम्तिमा १० कित्ताका लागि आवेदन दिनु पर्छ।

कम्पनीको जारी पुँजी ४० करोड रुपैयाँ छ। यसको ३० प्रतिशत सेयर सर्वसाधारणसहित रोजगारीमा गएका नेपाली र आयोजना प्रभावितका लागि जारी गर्न लागेको हो।

रोजगारीमा गएकाहरुलाई ८० हजार कित्ता र प्रभावितलाई ४ लाख कित्ता छुट्याइएको छ। 

आयोजनाको जडित क्षमता ४.७ मेगावाट छ। प्रति मेगावाट लागत २१ करोड २३ लाख रुपैयाँ अनुमान गरिएको छ।