आफूविरुद्ध लगाइएका अभियोगलाई ट्रम्पले गरे खारेज, होला उनलाई जेल सजाय?

बिजमाण्डू
२०८० साउन १९ गते ०६:२३ | Aug 4, 2023
आफूविरुद्ध लगाइएका अभियोगलाई ट्रम्पले गरे खारेज, होला उनलाई जेल सजाय?
Photo : Reuters


अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध लगाइएका अभियोगहरु झुटो भएको बताएका छन्। ट्रम्पमाथि सन् २०२१ को जनवरी ६ मा संसद भवनमा भएको दंगाको घटनामा संलग्न भएको अभियोग लगाइएको छ।

Tata
GBIME

फौजदारी अभियोगमा अदालतमा उपस्थित भएका उनले आरोपहरुको खण्डन गरेका हुन्। उनी यसरी फौजदारी मुद्दामा अदालतमा उपस्थित हुने पहिलो अमेरिकी राष्ट्रपति हुन्। ट्रम्पले आफूले कुनै अनुचित कार्य नगरेकोसमेत बताएका छन्।

ट्रम्पमाथि अमेरिकी गोप्य दस्तावेजहरु सुरक्षित नराखेको र एक महिला पोनस्टारलाई निर्वाचनका क्रममा रकम दिएको अभियोगमासमेत मुद्दा चलाइएको छ।

अहिले भने ट्रम्पमाथि सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडेनसँग पराजित भएपछि परिणाम उल्टाउन दंगा फैलाएको अभियोगमा अदालतमा बहस भइरहेको हो।

यी मुद्दाहरुमा ट्रम्प दोषी ठहर भए उनलाई जेल सजाय हुन सक्छ। तर यो मुद्दाको अन्तिम छिनोफानो नभएसम्म ट्रम्पलाई राष्ट्रपति उम्मेदवार बन्न भने अमेरिकी कानुनले रोक्दैन। ट्रम्पले आउने राष्ट्रपति निर्वाचनका लागि आफूलाई उम्मेदवारका रुपमा पेस गरिसकेका छन्।