कतारबाट सुनको ब्रासलेट लिएर आएका युवक विमानस्थलमा समातिए

बिजमाण्डू
२०८० साउन १५ गते १२:५६ | Jul 31, 2023
कतारबाट सुनको ब्रासलेट लिएर आएका युवक विमानस्थलमा समातिए


काठमाडौं। अवैध तरिकाबाट विदेशबाट सुन ल्याएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

बैतडी पाटन नगरपालिका-६ घर भएका ३४ वर्षीय दीपक भण्डारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। करिब ८१ ग्राम तौलको सुनको ब्रासलेट १ थानसहित उनी पक्राउ परेको हुन्।

कतार एयरवेयजबाट काठमाडौं आएका भण्डारीलाई चेकजाँच गर्ने क्रममा ब्रासलेट अवैध रूपमा लुकाई छिपाई ल्याएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।