कालीखोलामा फेरि खस्यो पहिरो, नारायणगढ-मुग्लिन अवरुद्ध, यात्रु बाटोमै अलपत्र

रासस
२०८० साउन १३ गते ०९:०५ | Jul 29, 2023
कालीखोलामा फेरि खस्यो पहिरो, नारायणगढ-मुग्लिन अवरुद्ध, यात्रु बाटोमै अलपत्र


चितवन। नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।

Tata
GBIME
NLIC

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार बिहान ७ बजे इच्छाकामना गाउँपालिका-६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो। जसका कारण सो सडक भएर गुड्ने सवारी साधन र यात्रु अलपत्र परेका छन्।

पहिरो पन्छाउने काम भइरहेको प्रहरीको भनाइ छ।

आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो। पहिरोका कारण यस सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ।